
काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेपाल र थाइल्याण्ड भिड्दैछन् । खेल किर्तीपुरको त्रिवि मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
श्रृंखलामा लगातार पाँच खेल हारेको नेपाल आज पहिलो जितको खोजीमा छ । उता थाइल्याण्ड पनि आजको खेल जित्दै उपाधि जित्न चाहन्छ ।
श्रृंखलामा ५ मध्ये चार खेल जितेको थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । ६ खेलमा चार जित हात पारेको नेदरल्याण्ड्सको पनि समान ८ अंक छ । नेट रनरटेको आधारमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ भने नेदरल्याण्ड् दोस्रोमा छ ।
प्रतिक्रिया दिनुहोस्