
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसदले पनि समर्थन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाउनुभयो । उहाँले चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिनुभयो ।
सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्