२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देश विकास गर्ने अनुकुल समय यही हो : पूर्वराष्ट्रपति भण्डारी


546
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताउनुभएको छ ।

शुक्रबार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताउनुभयो । माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रश्तुत गर्ने रु भन्नेमा सोच्न जरुरी रहेको बताउनुभयो । देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताउनुभयो । देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो । राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले शिक्षा प्रणालीमा अमुल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको बताउनुभयो । रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको बताउनुभयो । शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने बताउनुभयो । देशको अर्थतन्त्र कमजोर भए सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि कमजोर हुने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले देश विकास गर्ने अनुकुल समय अहिले रहेको बताउनुभयो । विगतमा तीन÷तीन महिनामा सरकार परिवर्तन हुने समस्या रहेकोमा अहिले सरकार स्थायी रहेको बताउनुभयो । उहाँले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताउनुभयो ।