
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष केसीले संसदको माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा लागेका आरोप लगाउनुभयो । उहाँले अध्यादेश ल्याउनै पर्नेगरी राष्ट्रलाई के संकट परेको थियो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले राजनीतिक दलहरुको यही नीति, व्यवहार र चरित्रले मुलुकको अर्थतन्त्र नसुध्रिने समेत जिकिर गर्नुभयो ।
प्रमुख राजनीतिक दलका नेताहरुकै कारण मुलुकको विकास हुन नसकेको उहाँको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्