१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले संसदको प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप


403
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रमुख सचेतक पाण्डेले विधयानसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाउनुभएको हो ।

प्रमुख सचेतक पाण्डेले समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसदमा प्रस्तुत गर्दा जनतालाई झुक्याउने प्रयास गरेको बताउनुभयो । कानून निर्माण जस्तो गम्भिर विषयमा आफूलाई मन लागेका कुराहरु घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर छ । उहाँले सरकारले कानून मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाउनुभयो ।

आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्नुभएको थियो ।