
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले संसदलाई सम्बोधन गर्नेकुरा प्रधानमन्त्रीको जानकारीमा भएपनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गर्नुभएको थियो । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसदमा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएको कारण आउन नसकेको बताउनुभयो ।
संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ । तर बिहीबार प्रतिपक्षी दल नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधि सभा बैठकमा उपस्थित हुनु भएको थिएन । सोही विषयलाई लिएर माओवादीले आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्