२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


यूएसए आईडीका दश हजार कर्मचारी बर्खास्त


0
Shares

एजेन्सी । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (यूएसएआईडी) का करिब १० हजार कर्मचारी बर्खास्त गरिएको छ ।

एलन मस्क नेतृत्वको सरकारी प्रभावकारिता विभाग (डज) ले १० हजार कर्मचारी बर्खास्त गरी ३ सयमा सीमित गरेको हो ।

बर्खास्तीपछि एसियामा यूएसएआईडीका आठ जना मात्रै कर्मचारी बाँकी रहेको जनाइएको छ । यसैगर िअफ्रिकामा १२ कर्मचारी बाँकी रहेका छन् । यूएसएआईडीले गत मंगलबार महत्वपूर्ण जिम्मेवारीका बाहेक सबै कर्मचारीलाई फेब्रुअरी ७ देखि बिदामा बस्न भन्दै इमेल मार्फत सुचित गरेको थियो ।

विदेशमा रहेका एजेन्सीका कर्मचारीलाई स्वदेश फर्किन भनिएको थियो । कर्मचारी बर्खास्तीको असर नेपालसहित विश्वभर परेको छ । सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको शासनकालमा गरिबी निवारण, ओखतीमूलो, अनिकाल र प्राकृतिक प्रकोपहरूमा सहयोगका लागि भन्दै स्थापना गरिएको युएस एआइडी मार्फत वार्षिक अर्बाैं डलर विश्वभरी वितरण गर्ने गरिन्थ्यो ।

पछिल्लो समय उक्त एजेञ्सी राजनीतिक प्रभाव विस्तार, अति उदारवाद, सामाजिक विखण्डनलगायतका गतिविधिमा संलग्न भएको र सोही संस्था मार्फत ठूलो रकम भ्रष्टाचार समेत हुने गरेको दाबी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनको छ ।