२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


आईसीसीद्वारा अमेरिकी प्रतिबन्धको निन्दा


0
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ ।

आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गर्दै विश्वभर न्याय र आशा प्रदान गरिरहने प्रतिबद्धता जनाएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले विज्ञप्ति निकालेर अमेरिकाले आफ्ना अधिकारीहरूमाथि लगाएको प्रतिबन्ध तथा स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पु¥याउने कार्यकारी आदेश जारी गरेको भन्दै भत्र्सना गरेको छ ।

आईसीसीले आफ्ना १ सय २५ राज्य पक्ष, नागरिक समाज र विश्व समुदायलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गरेको छ. । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफू र आफ्नो सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

यस आदेश अन्तर्गत आईसीसीका अधिकारी र उनीहरुका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने जो कोहीलाई आर्थिक र भिसा प्रतिबन्ध लगाइएको खबरमा उल्लेख छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वाशिङ्टन भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

गएको वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले गाजामा भएको भनिएको ‘युद्ध अपराध’ का लागि इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । इजरायलले आईसीसीको आरोपलाई अस्वीकार गरेको थियो । आईसीसीले प्यालेस्टिनी विद्रोही समूह हमासका कमाण्डरविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।