
काठमाडौं । शनिबार देशका केही भू-भागमा मौसम बदली हुने छ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा आंशिकदेखि सामान्य बदली हुने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेश र अरु प्रदेशका पहाडी क्षेत्रमा मौसम बदलीको सम्भावना रहेको छ ।
अन्य क्षेत्रमा मौसम सफा रहने छ ।
शनिबार राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्