२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएन : देव गुरुङ


260
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सामाजिक सञ्जाल सम्बन्धी कानूनमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले नियन्त्रण भन्दा पनि नियमन गर्नेगरी विधेयक ल्याउनुपर्नेमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताउनुभयो । उहाँले सकारात्मक पक्षहरु कसरी व्यवस्थित गर्ने र नकारात्मक पक्षहरुलाई कसरी न्युनिकरण गर्ने रु त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि राज्यको दायित्व भित्रको विषय भएको बताउनुभयो ।

महासचिव गुरुङले विधेयकमा संविधानको भावनालाई मार्न नहुने गरी विधेयक ल्याइनुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल सम्बन्धी कानून आवश्यक रहेको पनि बताउनुभयो ।

महासचिव गुरुङले बोलेको आधारमा जेल जानुपर्ने, ठूलो जरिबाना भोग्नुपर्ने जस्ता आपत्तिजनक प्रश्ताव गरिएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल प्रयोग कर्ताको स्वनियमन र नियमनलाई जोड दिनुपर्ने बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रतालाई अपराधीकरण फौजदारीकरण गर्न नहुने भन्दै यसलाई फौजदारीकरण गर्ने मानसिकताले ल्याउने हो भने विधेयक नै आवश्यक नरहेको बताउनुभयो ।