
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा चुनाव लडिसकेको र अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा र नयाँ शक्तिको रुपमा देशभर छाएको बताउनुभयो । उहाँले आफूलाई ०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आश गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको बताउनुभयो. । उहाँले आफूसँग तस्बिर खिच्न, आफूलाई छुन चाहनेहरु अहिले पनि देश दौडाहाका क्रममा बढिरहेको महशुस आफूले गरेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालमा हाम्रो शान्ति प्रक्रियामा आइसकेपछि, दुई तीन वटा चुनाव लडिसकेपछि पहिलो पटक फेरि माओवादी आन्दोलन एउटा नयाँ संश्लेषणमा, एउटा नयाँ शक्तिको रुपमा देशभर नयाँ अवसरको मोडमा छ । तपाईंहरुले देख्नुभएको छ । पूर्वदेखि पश्चिम र दक्षिणदेखि उत्तर जहाँ गएपनि हाम्रो पार्टीप्रति ०६४ को जस्तै लगाव, उभार, आकर्षण देखेको छ । ०६४ मा कस्तो थियो, म जहाँ गयो त्यहाँ बुढाबुढी, युवा युवती, बच्चाबच्ची एक पटक छुन पाए हुन्थ्यो भन्ने थियो । त्यस्तो उभार थियो । बीचमा उस्तै उस्तै जस्तो भयो । सबै उस्तै रहेछन् भनेजस्तो भयो । अहिले होइन, माओवादी नै रहेछ हाम्रो पार्टी त भन्ने जनतामा फेरि भएको छ । म जहाँ गएको छु मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने ०६४ को जस्तै देखेको छु।’
अध्यक्ष दाहालले एक भएर अघि बढेको खण्डमा ०८४ माओवादीको हुने बताउनुभयो । माओवादीहरु देश परिवर्तनको संवाहक भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्