२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दिल्लीमा भाजपाको जितपछि मोदीको सम्बोधन


2.769k
Shares

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विधानसभाको चुनावमा भारतीय जनता पार्टी भाजपाले जित हासिल गरेलगत्तै आम आदमी पार्टी र काँग्रेसको व्यापक आलोचना गर्नुभएको छ ।

भाजपाको जितपछि पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले विपत्तिमा परेका मानिसहरू राजनीतिमा आएर राजनीति परिवर्तन गर्नेछु भन्नेहरु बेइमान साबित भएको प्रतिक्रिया दिनुभएको छ ।

भ्रष्टाचार अन्त्य गर्ने मुद्दामा जन्मिएको पार्टी आफैं भ्रष्ट साबित भयो भन्दै उहाँले अब दिल्लीको जनादेश आएको धारणा व्यक्त गर्नुभएको छ । मोदीले भ्रष्टाचारको छानबिन गरिनेछ र जसले लुटपाट गरेको छ उसले फिर्ता गर्नुपर्ने यो मोदीको ग्यारेन्टी हो भन्नुभएको छ ।

विगत ११ वर्षदेखि सत्तामा रहेको आम आदमी पार्टी र अरविन्द केजरीवालले स्वच्छ राजनीति, पारदर्शी राजनीति गर्ने वाचाका गरेपनि भ्रष्टाचारको गम्भीर आरोपमा केजरीवाल फसेपछि भारतीय जनताको मन बदलिएको विश्लेषण गरिएको छ ।