२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चितवनमा बस दुर्घटना हुँदा २३ जना घाइते


806
Shares

काठमाडौं । चितवनमा आज बिहान बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको हो ।

आइतबार बिहान साढे ४ बजे लु प्र ०३–००१ ख ००७७ नम्बरको बस नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा बसमा सवार भएका २८ जना यात्रुमध्ये २३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।