
प्रतीकात्मक ।
काठमाडौं । चितवनमा आज बिहान ट्रक दुर्घटना हुँदा १९ खसी/बोका च्यापिएर मरेका छन् ।
आइतबार बिहान ६.३० बजे उक्त मिनी ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौंतर्फ खसी/बोका लिएर गइरहेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक सडकमा पल्टिएको हो ।
ट्रकमा रहेका १४३ वटा खसी/बोकामध्ये १९ वटा च्यापिएर मरेका छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्