
काठमाडौं । सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ ।
आइतवार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको बताउनुभयो ।
सभामुख घिमिरेले विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्यधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको बताउनुभयो । हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत भएको उल्लेख गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतिहरुका सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । जीवनयापनको संकट भोगिरहेका समुदायलाई सहयोग पु¥याउने तथा वातावरणीय क्षति न्युन गर्नका लागि योजनावद्ध प्रयास गर्नु आवश्यक भएको बताउनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘नेपालले आफैँले नगरेको अपराधको सजाय अहिले भोगिरहेको छ । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरुले अध्याधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ । बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको छ । सम्पूर्ण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको संकेत हो । यसले पानीको मुहान सुकाउने र मानिस र जनावरको जीवनयापनमा कठिनाइ सिर्जना गर्ने काम गरिरहेको छ ।’
सभामुख घिमिरेले क्लाइमेट पाल्र्यामेण्ट जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमार्फत संघीय सांसदहरुले जलवायु नीति निर्माण, नविकरणीय उर्जाको प्रवद्र्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो । नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानून निर्माण तथा हरित बजेट परियोजनाका कार्यहरु संसदमार्फत अघि बढिरहेको उहाँले बताउनुभयो । वृक्षारोपण गर्दा भरसक फलफूलका बिरुवाहरु रोप्न प्राथमिकता दिन पनि उहाँले आग्रह गर्नुभयो । – न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्