
काठमाडौं । नेकपा (एकिकृत समाजवादी)पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन हुनुभएको छ ।
गत शुक्रबार पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रिय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि उनी संगठनका महासचिव थिए । पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरति लामालाई अखिलबाट बिदा गरिएको थियो । उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भुपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव, नरेश न्यौपाने रहेका छन् ।
त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्