
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरुमा युवाहरुको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुने बताउनुभएको छ ।
आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक सभापति अर्यालले ट्रान्सफर्मेटिव राजनीतिका लागि मूल्य मान्यता, पारदर्शीता र जिम्मेवारीसहितको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो । उहाँले वर्तमान सरकार जति बलियो छ त्यत्तिकै बलियो आंशका र बेथिति देखिएको टिप्पणी गर्नुभयो ।
कार्यवाहक सभापति अर्यालले सरकारले संसद छलेर अध्यादेश ल्याएको र व्यक्तिलक्षित निषेध र प्रतिशोधको राजनीति गरेको कारण सरकारप्रति जनताको विश्वास गुमेको बताउनुभयो ।
कार्यवाहक सभापति अर्यालले कसको स्वार्थपूर्ति गर्न हतार हतार अध्यादेश ल्याइएको हो रु भन्ने प्रश्न गर्दै यसको जवाफ सरकारले दिनुपर्ने बताउनुभयो । जनमुखी काम गरे सरकारलाई सधैं साथ र सहयोग गर्न तयार रहेको समेत उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्