
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिमको ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद जोशीले ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद जोशीले कोभिडका बेला बन्द भएका सबै उत्तरी नाकाहरु खुलेपनि ताक्लाकोट नाका नखुल्या सुदूरपश्चिमको व्यापारमा समेत असर परेको बताउनुभयो । बझाङका अधिकांश मठमन्दिरहरुमा मान सरोवरको जल चडाएर मात्र पूजा गर्ने चलन रहेकोले नाका बन्द हुँदा पूजाआजा नै बन्द भएको उहाँको भनाइ छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाका वैधानिक रुपमा खुल्न नसक्दा बर्सेनि करोडौँ राजश्व चुहावट हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्