
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा कानून निर्माण हुन नसकेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक परियारले राजनीतिक पार्टीका कारणले कानून निर्माण नभएको दबी गर्दै संसदले कानून निर्माण गर्न नसकेको भन्नेकुरा सत्य नरहेको बताउनुभयो । उहाँले अहिलेसम्म पनि आधारभुत संविधान कार्यान्वयन गर्ने कानून बनाउन नसक्नु दुःखको विषय भएको बताउनुभयो । संविधान कार्यान्वयन नगर्ने अनि प्रणालीलाई दोष दिएर उम्किने काम गर्न नहुने बताउनुभयो ।
प्रमुख सचेतक परियारले संविधानको कार्यान्वयन नै नगरी पुनरावलोकनको कुरा नआउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्