
काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले सरकारले ल्याएको अध्यादेशबाट आम नागरिक खुशी भएको भन्दै प्रतिपक्षी दलहरु दुःखी हुनुपर्ने कारण नरहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले अध्यादेशबारे प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसदको रोष्टमबाट भ्रमको तुवाँलो छर्ने काम गरेको बताउनुभएको हो ।
सांसद गिरीले जनतालाई भ्रम फैलाएर निराशाका खेती नगर्न आग्रह गर्नुभयो । उहाँले नागरिक, व्यवसायी सबैले अध्यादेशको समर्थन गरेको भन्दै उनले अध्यादेशको विरोध गरेर कसको सेवा गर्न खोजेको रु भन्दै प्रश्नसमेत गर्नुभयो । अध्यादेशबाट डुब्न लागेका उद्योगहरु माथि उठ्ने विश्वास व्यापारीहरुले गरेको समेत उहाँको भनाइ छ ।
सांसद गिरीले देशको प्रधानमन्त्रीमाथि विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर बद्नाम गरिएको भन्दै त्यसमा नलाग्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्