२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक


2.717k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विरोधको सूचनाउपर जवाफ दिँदै गृहमन्त्री लेखकले प्रहरी संगठनको व्यवस्थापनको लागि गहिरो अधययन र छलफल गरी परिपक्व ढंगबाट विधेयक ल्याइएको भनाइ छ ।

गृहमन्त्री लेखकले विधेयक नेपाल प्रहरी सेवालाई संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिवद्ध, व्यवसायिक र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती, सुरक्षा तथा सुव्यवस्था कायम गर्न र उपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनिय भएको बताउनुभयो ।

गृहमन्त्री लेखकले विधेयकमा भएका त्रुटिहरुलाई संसदबाट परिमार्जन गर्नुपर्ने भनाइ छ । उहाँले अब पनि हतार भयो भन्दै कानून बनाउन ढिलाई गर्न नहुने बताउनुभयो ।

सरकारको पहिलो प्राथमिकता नीति र कानूनमा सुधार रहेको उहाँको दाबी छ ।