२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


1.183k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सातवटै प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानीपख तराईका भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।