२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हमासले मुक्त गरेका बन्धकका परिवार मारिएको खुलासा


10.166k
Shares

एजेन्सी । प्यालेस्टेनी विद्रोही समुह हमासले गत शनिवार मुक्त गरेका एक इजरायली बन्धकको परिवार अक्टोबर ७ को आक्रमणमा मारिएको खुलासा भएको छ ।

इजरायलमा रहेका बेलायती नागरिक एली शाराबी सन् २०२३ को अक्टोबरमा हमासको कब्जामा परेका थिए । उनलाई हमासले गत आइतबार गाजाको देइर अल–बलाहमा ल्याएर छोडेको थियो । यद्दपी उनकी श्रीमती र दुई छोरीहरूलाई हमासका लडाकुहरुले एकसाथ अँगालो हाल्न लगाएर गोली हानी हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । एली शराबीले आफुलाई मुक्त गरिँदा आफना परिवारजन नदेखेपछि प्रश्न गर्दा उनीहरु मारिएको थाहा दिइएको हो ।

अन्तर्राष्ट्रिय रूपमा मध्यस्थता गरिएको युद्धविराम सम्झौताको एक भागको रूपमा रिहा गरिएका तीन बन्धकहरूमध्ये शाराबी पनि एक थिए । आफ्नो रिहाइको समयमा स्टेजमा बोल्दै उनले आफनो रिहाइले आफना श्रीमती र छोरीहरुलाई हेर्न आतुर भएको प्रतिक्रिया दिएका थिए । हमासको कब्जाबाट मुक्त भएपनि उनी हाल एक्लै भएका छन् ।

हमासले कब्जामा लिएका अन्यका परिवारजन पनि अक्टोबर ७ मा हमासको आक्रमणमा मारिएको आँंकलन गरिएको छ । ५२ वर्षीय शाराबीलाई उनको कार्यालयबाट हमासले अपहरण गरेको थियो ।