
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।
यसअघि फागुन १९ गतेदेखि २१ गतेसम्म बैठक बस्ने भनिएको थियो भने अब बैठक मिति परिवर्तन गरी फागुन १८, १९ र २० गते काठमाडौंमा बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षा हुने बताइएको छ ।
जसपाले जारी गरेको विज्ञप्तिमा बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ ।
यस्तै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्