२५ फाल्गुन २०८१, आइतबार | Mon Mar 10 2025


सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित


2.912k
Shares

काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । सभाको आज बसेको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो. । प्रस्तावउपर सांसदहरूले छलफल गरेका थिए ।

अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभासमक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते मंगलबार १ बजे बस्ने भएको छ ।