१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नानीमैयाँ दाहालको निधन


13.455k
Shares

काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैयाँ दाहालको आज निधन भएको छ । दाहालको ९१ वर्षको उमेरमा उपचारका क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०३८ सालको राष्ट्रिय पञ्चायतमा उल्लेख्य बहुमतसहित प्रवेश गरेर दाहाल चर्चित हुनुभएको थियो । दाहाल पञ्चायतका शासक प्रशासकसँग पनि निडर रही नराम्रा काममा सार्वजनिक टिप्पणी गर्ने निर्भिक नेताका रुपमा चिनिनुहुन्थ्यो ।

दाहालले २०२९ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च भएर काम गर्नुभएको थियो । त्यतिखेर उहाँले नुन र तेलका लागि लाइन बस्नुपर्ने परिपाटी हटाएकी थिइन् । साथै भूमि सुधारमा रहेको जटिलता फुकाएको जस पनि उहाँलाई जाने गरेको छ ।