१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आहा रारा गोल्डकप फुटबल : भारत र उज्वेकिस्तान भिडन्त


403
Shares

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफ.सी.बीच प्रतिस्पर्धा हुनेछ । दुवै विदेशी टोलीलाई सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश दिइएको हो ।

आज हुने अन्तिम क्वार्टरफाइनल खेलपछि प्रतियोगिताको २४औँ संस्करणको सेमिफाइनलमा पुग्ने सबै चारवटा टोलीहरुको टुंगो लाग्नेछ । आजको खेल विजेताले सेमिफाइनलमा थ्रिस्टार क्लबसँग खेल्नेछ ।
a
प्रतियोगिताको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज र नेपाल पुलिस क्लब भिड्नेछन् । सोमबार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजका राज भुसालले गरेको गोल खेलको निर्णायक गोल बन्यो ।