१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने जसपा नेपालको निर्णय


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने निर्णय गरेको छ ।

जसपा नेपालको आज बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो । अरु पाँच वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा भने जसपा सकारात्मक रहने निर्णय पनि गरिएको छ ।

जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा बनाएको कार्यदलको सिफारिस अनुसार यस्तो निर्णय गरिएको जनाएको छ. ।

भूमि सम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने तथा सार्वजनिक जग्गामा नोक्सान पुग्ने प्रावधान रहेकाले त्यसबाट भू–माफियाको प्रभाव बढ्ने निष्कर्ष पनि जसपा नेपालले निकालेको छ ।