१९ फाल्गुन २०८१, सोमबार | Tue Mar 4 2025


हमासलाई इजरायलको चेतावनी


2.379k
Shares

एजेन्सी । इजरायलले हमासलाई सम्पुर्ण बन्धकहरु शनिबारसम्म रिहा गर्न समय सीमा दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म सम्पुर्ण बन्धक फिर्ता नगरे गाजामा युद्धविराम समाप्त गर्ने र युद्धलाई तीव्रता दिने चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री नेतान्याहूले इजरायली सेनालाई गाजाभित्र र वरपर तैनाथ हुन आदेश दिइसक्नु भएको छ । हमासले अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त गर्ने निर्णय स्थगित गरेको घोषणा गरेपछि इजरायलले यो कदम चालेको हो । नेतान्याहूले बाँकी रहेका सबै ७६ बन्धकहरूको रिहाइको माग गर्नुभएको हो ।

हमासले इजरायललाई तीन हप्ता पुरानो युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहा नगर्ने घोषणा गरेपछि इजरायलले समयसीमा दिएको हो ।

यता इजरायल र हमासको द्वन्द्वले भने बन्धकका परिवार र इजरायलको कारागारमा रहेका प्यालेस्टिनी बन्दीका परिवारजन थप चिन्तित बनेका छन् ।