१९ फाल्गुन २०८१, सोमबार | Tue Mar 4 2025


अर्थ समितिको बैठकमा सांसदहरु


260
Shares

काठमाडौं । भन्सार एजेण्ट नियुक्तिको प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने गरेको तर त्यसको प्रतिफल के हुन्छ भन्ने बारेमा स्पष्ट नरहेको बताए । सांसदहरुले भन्सार एजेण्टबाट नेपालको राजस्वमा के फाइदा हुन्छ भन्ने प्रश्न गरेका थिए ।

बैठकमा बोल्दै नेकपा एमालेका सचेतक सुनिता बरालले परीक्षाको व्यवस्थित प्रणालीमार्फत भन्सार एजेण्टहरु नियुक्त गर्ने प्रावधान रहेको भएपनि यसलाई अझ व्यवस्थित गर्नुपर्ने माग गर्नुभयो ।

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भन्सारमा कर्मचारीको क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै नेकपा एमाले सांसद जुलिकुमारी महतोले भन्सारमा हुने चुहावट रोक्नेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।