२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारले अध्यादेशहरु राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको छ : सञ्चारमन्त्री गुरुङ


1.092k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट अध्यादेश पास गर्नको लागि सरकारले राजनीतिक दलहरुबीच सहमति जुटाउने काम गरिरहेको बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले संसदमा टेबुल भएका अध्यादेशहरु पारित गर्नको लागि सहमतिको प्रयास भइरहेको बताउनुभएको हो ।

सञ्चारमन्त्री गुरुङले सरकार अध्यादेशहरुलाई राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको बताउनुभयो । उहाँले अध्यादेशका बारेमा छलफल र सहमतिको प्रयास जारी रहेको उल्लेख गर्दै निष्क्रिय हुने वा पारित हुने भन्ने परिस्थिति बनि नसकेको बताउनुभयो । उहाँले संघीय संसदका दुवै सदनबाट बहुमतले पास हुने स्थिति बनेपछि मात्रै अध्यादेशको छलफल अगाडि बढ्ने उहाँको भनाइ छ ।

सञ्चारमन्त्री गुरुङले प्रतिनिधि सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले फिर्ता नलिने बताउनुभयो । उहाँले विधेयकका सम्बन्धमा आवश्यक निर्णय र संशोधन संसदले नै गर्ने भएको कारण फिर्ता लिने कुरा नभएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको नियमन जरुरी रहेको समेत बताउनुभयो. । उहाँले सबै टेलिभिजन र रेडियाहरुलाई कानून लाग्ने अनलाइहरुलाई नलाग्ने हो रु भन्दै प्रश्न समेत गर्नुभयो ।

अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालको नियमन जरुरी भएको कारण सरकारले विधेयक ल्याएको उहाँको भनाइ छ ।