
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार ३ सय रुपैयाँ बढेको छ । बुधबार तोलामा दुई हजार ७ सय रुपैयाँले घटेको सुन आज दुई हजार ३ सय रुपैयाँ बढेको हो ।
बिहीबार सुन प्रतितोलाको एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरि आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्