२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सुरु


949
Shares

काठमाडौं । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम सुरु भएको छ ।

बुधबारबाट नै काम सुरु गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो ।

प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुटेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको थियो ।