२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


छवासकामिनी अजिमा जात्रा सम्पन्न


78
Shares

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको छवासकामिनी अजिमा खट जात्रा सम्पन्न भएको छ ।

बुधबार मध्यरातमा खट जात्रा सम्पन्न भएको हो । खास्ति चैत्यको उत्तरमा रहेको छवासकामिनी अजिमाको मन्दिरमा रहेको मूर्तिलाई खटमा राखेर परम्परागत साँस्कृतिक बाजागाजाका साथ जात्रा निकालिएको हो । खटलाई खास्ति चैत्य परिसर लगायतको स्थानहरुमा परिक्रमा गराईएको थियो ।

माम्ला जात्रा पनि भनिने यस जात्रामा सबै समुदायको सहभागिता रहेको थियो । छवास् अजिमा शिशुको संरक्षकको रुपमा पुज्ने गरिन्छ । छवासकामिनी अजिमालाई हारती अजिमाको रुपमा पनि पुज्ने गरिन्छ । बौद्ध क्षेत्रमा रहेका विदेशी पर्यटकले समेत जात्रा अवलोकन गरेका थिए ।