
काठमाडौं । बुधबार सामान्य हरियो रहेको शेयर बजार साताको अन्तिम कारोबार दिन पुनः ओरालै लागेरै थामियो ।
उतार चढवबीच बजार परिसूचक नेप्से ७ अंकले ओरालो लागेर २६ सय ७८ कायम भएर थामियो । सुरुवाती समयमा नेप्से उकालो लागेर २७ सय नजिक पुगेपनि वृद्धि अन्तिमसम्म टिक्न सकेन । कारोबार पनि हिजोको तुलनामा खुम्चिएर ८ अर्ब तलै रह्यो । वित्त, लगानी र लघुवित्त समूह बाहेक बाँकी समूह ऋणात्मक रहे ।
विकास बैंक, जलविद्युत र निर्जीबन बीमा समूह करिब १ प्रतिशतले ओरालो लाग्दा अरु सामान्य अंकले रातो रहेका हुन । वित्त समूह भने करिब २ प्रतिशतले उकालो लाग्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय २ कम्पनीको ७ अर्ब ९२ करोडमा किनबेच भएको एक्सचेन्क्जले जनाएको छ ।
घटेको बजारमा पनि मातृभूमि लघुत्ति, कुमारी सबल योजना, गार्जेन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाए । न्यादी हाइड्रोका लगानीकर्ताले भने १० प्रतिशत गुमाए । यसदिन एनआएर इन्फ्रास्ट्रक्चर एक्लैको ३४ करोड बढीको शेयर कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्