२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेसपा(नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित


5.031k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित भएका छन् ।

आइतबारदेखि राजधानीको प्रज्ञा भवनमा भएको प्रथम महाधिवेशनपछिको निर्वाचनबाट २२ जना निर्विरोध निर्वाचित भएका हुन् । बाँकी पदमा भएको निर्वाचनको पनि अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।

जसअनुसार अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएका हो । यस्तै दलित उपाध्यक्षमा दुर्गा सोव, महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, कोषाध्यक्षमा हरि रिजाल लगायत २२ जना निर्विरोध निर्वाचित भएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष लगायत पदहरुमा प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा मतदानको प्रक्रिया सञ्चालन गरिएको नेसपाको भनाइ छ । केन्द्रीय समितिमा उपाध्यक्षहरु, सचिवहरु र केन्द्रीय सदस्यहरु नेपालको संविधान र पार्टीको विधानले व्यवस्था गरे बमोजिम जातीय संरचना महिला, युवा, खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व सहित उम्मेदवारीको कोटा निश्चित गरी मतदान भएको थियो । निर्वाचन मार्फत केन्द्रीय समितिमा युवाहरूको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व हुने गरी मतपत्रमा सुनिश्चित गरिएको थियो ।

यस्तै देश बाहिर रहेका प्रवासी नेपालीहरूलाई विद्युतीय प्रणालीको माध्यमबाट मतदान गर्ने व्यवस्था गरिएको थियो ।