
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामाजिक विभेदको अन्त्य र नेतृत्व विकासका लागि रेडियोले खेलेको भुमिका अविस्मिणीय र अतुलनीय रहेको बताउनुभएको छ ।
बिहीबार ललतिपुरमा सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले जलवायु परिवर्तनसँग सम्बन्धित वैज्ञानिक जानकारीलाई नेपालका सामुदायिक रेडियोले प्रशारण गर्दै आएको बताउनुभएको छ. । उहाँले ग्रामिण दुर्गम क्षेत्र र पत्रपत्रिकाको पहुँच नपुग्ने ठाउँहरुमा खुलेका सामुदायिक रेडियोहरु सूचनाको प्रमुख आधार बन्न पुगेको बताउनुभयो ।
मन्त्री शाहीले संघीयताको मर्मलाई स्थापित गर्दै सामुदायिक रेडियोमा सबै क्षेत्र, वर्ग, लिंग, जाती, भाषभाषी र धर्म संस्कृतिको आवाज र अनुहार प्रतिविम्वित हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्