
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक परियारले यस्तो बताउनुभएको हो ।
प्रमुख सचेतक परियारले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने विषय समेटिएको तर संविधान नै पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले इमान्दारिताका साथ संविधान संशोधन गर्न खोजेको भए रास्वपाको साथ रहने बताउनुभयो । उहाँले राजनीतिक संस्कार स्थायी हुन जरुरी रहेको बताउनुभयो । उहाँले दुई तिहाई बहुमत ल्याउन निर्वाचनले कुनैपनि राजनीतिक दललाई नरोेकेको बताउनुभयो ।
प्रमुख सचेतक परियारले संविधान संशोधन गर्नुपर्ने तर त्यस भन्दा पहिला व्यक्ति र राजनीतिक दलको प्रवृत्ति र चरित्र बदल्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्