
काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन पड्किँदा घाइते हुनुभएको अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो । उहाँको गालाको छाला डढेको छ भने कपाल पनि डढेको छ ।
यस्तै उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको झिल्को परेको थियो । शुरुमा महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको थियो भने उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि दुवै जनालाई काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्