२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको छ : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको दाबी गर्नु भएको छ ।

मकवानपुरको बागमति गाउँपालिकामा शनिबार स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु भएकोले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम बनाएर अघि बढ्ने बताउनुभयो ।

दाहालले पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले जनता केन्द्रित भएर आगामी दिनमा योजनावद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताउनुभयो ।