
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्नरमा दिउँसो १ बजे बस्ने जनाइएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
त्यसैगरि वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्