
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा माघ २४ गते भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
काभ्रेको बेथानचोक, धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्दै आएका २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको काठमाडौं जिल्ला परिसरले जनाएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको बताइएको छ ।
योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ का २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो भने गत सोमबार मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त ग्यास बिस्फोटमा १४ जना घाइते भएका थिए । उनीहरुमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्