
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।
आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन ओमन पुग्नु भएकी मन्त्री राणाले मस्कटमा कतारका विदेशमन्त्रीसँगको साइडलाइन भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
भेटका क्रममा उहाँहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राख्दै आए पनि यसले सार्थकता पाउन सकेको छैन ।
विपिनलाई सन् २०२३ को अक्टोबरमा इजरायलमा आक्रमण गर्ने क्रममा हमास समूहले अपहरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्