२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन


6.955k
Shares

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीलाई तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएको छ ।

आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिनुभएको हो ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले शुन्य समय र विशेष समयमा प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारवाहीका सन्दर्भमा प्रश्न उठाएकोप्रति आपत्ति जनाउनुभएको थियो ।

सोही विषयलाई लिएर सभाका अध्यक्ष दाहालले विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी शाहीले कपोलकल्पित, झुट र यथार्थभन्दा बाहिर गइ आफ्ना अभिव्यक्ति दिनुभएको बताउनुभयो । सांसद शाहीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै सभाले खेद प्रकट गरेको थियो ।

उहाँले सांसद शाहीले सभाका सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत गैरजिम्मेवारपूर्ण ढंगले धारणा राख्नुभएको टिप्पणी गर्नुभयो ।