१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटाङका आगलागी पीडितलाई यथाशिघ्र क्षतिपूर्तिको व्यवस्था गर्न माग


442
Shares

काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ भएको भिषण आगलागीबारे सांसदहरुले सरकारको ध्यानाकर्र्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले आगलागि पीडितहरुलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

आगलागिको नियन्त्रणका लागि आवयक पूर्वतयारी नगर्दा गम्भिर आगलागिका घट्नाहरु बढ्दै गएको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले आगलागी नियन्त्रणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका गराउनुभयो । उहाँले स्थानीय पदम राईको हार्डवेयर पसलबाट सल्केको आगो समयमै नियन्त्रणमा लिन नसक्दा दुई पसल र दुई घर जलेर पूर्णरुपमा ध्वस्त भएको बताउनुभयो । उहाँले सरकारले हरेक क्षेत्रमा दमकलको व्यवस्था गर्न सरकारसँग माग समेत गर्नुभयो । उहाँले आगलागि पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार राईले खोटाङ हलेसीका आगलागिका पीडितलाई तुरुन्त क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यस क्षेत्रमा खानेपानीको समेत अत्यन्तै समस्या भएको उल्लेख गर्दै खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले खोटाङको हलेसी बजारमा लागेको आगलागि दमकल नभएको कारण समयमै नियन्त्रणमा आउन नसकेको बताउनुभयो । उहाँले आगलागिमा कुनै मानवीय क्षति नभएपनि करोडौं रुपैयाँको क्षति भएको उल्लेख गर्नुभयो । आगलागिको घट्ना हलेसीको लागि मात्र नभई समग्र मुलुकको गम्भिर समस्या बन्दै गएको उहाँको भनाइ छ । उहाँले महलेसी आगलागिको घटनाबाट पाठ सिक्दै सरकारले गम्भिर कदम चाल्नुपर्नेमा उहाँको जोड छ ।

खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिव चार घण्टापछि नियन्त्रणमा आएको थियो । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिण्डरबाट साँझ ६ बजेतिर शुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिव ११ बजे मात्र नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ ।