
काठमाडौं । शेयर बजारमा सोमबार पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार १९ अंकले बढेको बजार सोमबार २९.८७ अंकले बढेर २७ सय २७ को बिन्दुमा पुगेको हो ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये सोमबार वित्त, जलविद्युत र व्यापार उपसमूहमा सामान्य अंकको गिरावट आयो भने अरु सबै समूहमा हरियाली छाएको छ । बैंक, होटल तथा पर्यटन लघुवित्त र अन्य समूहमा २ प्रतिशत माथिको वृद्धि आएको छ । नेप्सेसंगै कारोबार रकम पनि बढेर १० अर्ब ४ करोड माथि पुगेको छ ।
१ सय ६६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखारी साना जलविद्युत, एक्सेल विकास बैंक, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर गरी आधा दर्जन ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा नेपाल रि- इन्स्युरेन्सको सर्वाधिक ३२ कारेड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्