५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु


4.914k
Shares

काठमाडौं । भारतको प्रयागराजमा भईरहेको महाकुम्भ मेलाबाट फर्कंदै गरेको गाडी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ ।

कुम्भ मेलाबाट फर्किँदै गरेको भारतीय नम्बर प्लेटको गाडी उत्तर प्रदेशको आजमगढ वाराणसी रोडको डिभाइडरमा ठोकिएर दुर्घटना भएको होे ।

दुर्घटनामा परेर रुपन्देहीको देवदह नगरपालिका–९ का ४५ वर्षका गणेश खनाल, उनकी श्रीमती ३५ दीपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको हो । दुर्घटनामा परी सवारी चालक सहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा देवदह-९, भलुहीकी कोपिला पोखरेल, उनका छोरा शुभम् पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । उनीहरु यही फागुन ३ गते देवदहबाट कुम्भमेला स्नान गर्न प्रयागराज गएका थिए ।