
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीकोको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नेपाली दुतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार गम्भिर रहेको समेत बताउनुभयो ।
गृहमन्त्री रमेश लेखकले नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या घटनाको सत्यतथ्य छानविन गर्न समेत भारत सरकारलाई आग्रह गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्