२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्यानडामा विमान चिप्लिएर दुर्घटना


1.872k
Shares

एजेन्सी । क्यानडामा डेल्टा एअरलाइन्सको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर भएको दुर्घटनामा १५ जना घाइते भएका छन् ।

डेल्टन एअरलाइन्सको फ्लाइट ४८१९ विमान क्यानडाको टोरन्टो विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार मिनेसोटाबाट ८० यात्रुसहित क्यानडाका लागि उडान भरेको उक्त विमान धावनमार्गमा चिप्लिएर पल्टिएको हो ।

घाइते हुनेमा एक बालकसहित अधिकांश महिला रहेका छन्् । उनीहरुको उपचार जारी छ, अन्यलाई भने सुरक्षितरुपमा बाहिर निकालिएको छ ।

घटनालगत्तै सो विमानस्थलका अन्य २६ उडान डाइभर्ट गरिएको छ । क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान थालेको छ ।