७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुशासन अभावका कारण विकास निर्माणका कामले पूर्णता पाउन सकेनः सांसद नेम्वाङ


0
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विषेश समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद नेम्वाङले सुशासन अभावमा विकास निर्माणका कामले पूर्णता नपाउँदा जनताले कष्टकर जिउनुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले इलामका बाटो र पुलहरु अलपत्र अवस्थामा छोडिएको बताउनुभयो । उहाँले अलपत्र परेका विकास निर्माणका कामलाई पूर्णता दिन सरोकारवाला निकायसँग पहल गरिदिन समेत आग्रह गर्नुभयो ।

सांसद सुहाङ नेम्वाङले विकास निर्माणका काममा गम्भिरता साथ लाग्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने समेत बताउनुभयो ।